Poem · Nepali

म र मन

निस्ताएका मेरा नयन

मेरो अस्तित्व बोल्ने माटो हेर्न

साम्मे उभिएका परिस्थितिका पहाडहरुलाइ

होच्ची दिइन भनिरहेछन ।

मेरो निर्दोषी कलङ्कित मन

यस घडी मस्तिस्कको एक कुनामा

संरक्षित डाइरीका पाना पल्टाइ रहेछ

बिगतका बलात्कृत दिनहरुका

पल-पल ब्यूँताइ रहेछ

परिस्थितिका काँडाले घोचेका

घाउका खत माथी

मेरा नङलाई सल्वलाउन प्रेरित गरिरहेछ ।

एकान्तमा मलाई भन्छ;

खाटा हटेर खतमा सिमित

ती घाउ

बाहिरी आँखामा खत् देख्खेलान

भित्र खील आलै छ

दुख्नु पर्ने हिडाइमा

चस्कनु पर्ने घरी-घरी

ज्वरो छाउनु पर्ने आँत भरी ।

आज मेरो मन मसंग रिसाएको छ

धावा बोल्न खोजीरहेछ

प्रत्येक यात्रामा मलाई सताउँछ

ब्यस्त कार्यमा भूल्याउँछ

अनिकेही नलागे अनसन बसी दिन्छ ।

मेरा निस्ताएका नयनलाई

मबाट अपहरण गरेर लगिसक्यो

मेरो मस्तिस्कमा राज गर्दै

मलाई अर्धमरो तुल्याइ सक्यो ।

मलाई हिजो आज घरी-घरीवेहोस पारी

मेरा कर्मेन्द्रीयको सल्यकि्रय गरिरहेछ

दीनमा त मलाई सतायो-सतायो

रात भरी मेरै विरुद्ध छापामार युद्ध लड्छ

अनि बेला बखत चेतमा ल्याएर

त्यही डाइरीका पाना पढाउँछ ।

महाभारतमा – लाहाको घरमा आगो लाएका

झै कहानी आफैमा पाउँछु

रामायणमा वर्णीत समय भन्दा

अझ बढी घरविहिनताको पीडा आफैमा पाउँछु

ढिकुटी भरी आफ्नै श्रमको उपज अन्न संम्झदै ं……।

भिष मागी खानु पर्दाको क्षण

आफ्नै साम्मे क्यानभासमा उतारिएको पाउँछु ।

मौका हेरेर

कोही बेला मध्ये निद्रामा

मलाई सुटुक्क लिएर जान्छ

जिङ्ग्रीएका साइप्रसका फेदमा पुर् याँछ

ओइलीन लागेका ब्लुपपीका बघैचामा डुलाँउछ

सुर्ताई रहेको टाकीनलाई देखाउँदै भन्छ

यो असुरक्षित छ होस गर – यो पनि बेचिन सक्छ ।

अनिब्ल्याक रेभनको गुँड देखाउँदै भन्छ,

बड फुल्लुका नाममा मारिएलान होसियार ।

अझ मलाई अचकाली गाली गर्छ

कुलागाङरीमा पुर्याएर

तेरो अस्तित्व बोल्ने मान चित्र खुम्चि सक्यो

त्यसको पीडा धेरैलाई छैन थोरैलाई छ

ती धेरैू गलत हुन

अनि ती थोरैू सत्य हुन

त्यसैले तँ मान या नमान

तेरा ती वलात्कृत दिनहरु

इतिहासका साक्षी हुन

ती काँडाका खीलहरुको सल्यकि्रय गरिहाल

क्यानसरमा परिणत होला

नत्र तँ र म

खोलाका दुई किनारा हुनु बायक

अरु केही हुने छैनौं ॥

Comments

Loading comments…

Leave a comment

Are you the author?

No email needed. Please be kind — comments are public.